नेपाली पौडीवाज किशोरी गौरिकालार्इ भारतीय सञ्चारमाध्यमले यसरी भारतीय बनायाे
6:57 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
लण्डनमा बस्दै आएकी गौरिका रियो ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्दैछिन् ।गत वर्ष गएको विनाशकारी भूकम्पका बेला राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं आएकी गौरिकाले रियो २०१६ को सञ्चार साइटसँगको कुराकानीमा उक्त भूकम्प एकदमै डरलाग्दो रहेको बताएकी छिन्। २५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् ।
उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २ मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन्
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments